नियम ३४
अनुमति लिनु पर्ने
(१) कसैले पनि संरक्षण क्षेत्रभित्रको प्राकृतिक स्रोत प्रयोग हुने गरी
वा सो क्षेत्रको प्राकृतिक स्रोतमा प्रतिकुल असर पर्ने गरी व्यापारिक प्रयोजनको लागि कुनै
काम शुरु गर्नुभन्दा पहिले परिषद्को सहमतिका लागि निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि परिषद्ले त्यसमा आवश्यक
छानबिन गरी आवश्यक शर्तहरू तोकी सहमति दिन सक्नेछ ।